नेपालले ग्लोबल पार्टनरसीप फर एजुकेसनले नेपालको निम्ति ५.९३ करोड डलर सहयोग स्वीकृत गरेको छ

एजुकेसनले भूकम्पपछि पढाइलेखाइका आवश्यकताहरू सम्बोधन गर्न पनि सहायता गरेको छ

मे २३, २०१५ – सिओल, गणतान्त्रिक कोरिया – आज ग्लोबल पार्टनरसीप फर एजुकेसन (जीपीइ) को निर्देशकहरूको समितिले शिक्षाको गुणस्तर सुधार गर्न र पहुँच वृध्दि गर्न, प्राथमिक कक्षादेखि कक्षा ८ सम्मका विशेष गरी सीमान्तकृत समूहका बालबालिकाहरूका लागि नेपाललार्इ ५.९३ करोड डलर सहयोग दिने स्वीकृति गरेको छ । यो सहयोगले देशको शिक्षा क्षेत्रको योजनालार्इ सहायता गर्नेछ, जसले प्राथमिक कक्षादेखि कक्षा १२ सम्मका करिब ७० लाख विद्यार्थीहरू, २ लाख शिक्षकहरू र २८ हजार सार्वजनिक विद्यालयहरूलार्इ समेट्छ ।

जबकि नेपालको निम्ति सहयोग हालैको दुर्इ भूकम्पभन्दा अघि तयार गरिएको थियो, नेपाल सरकारसँग शिक्षा क्षेत्रमा भएका आकस्मिक आवश्यकता सम्बोधन गर्न सहयोग कोष स्थानान्तरण गर्ने विकल्प छ । भूकम्पले २५,००० कक्षाकोठाहरू नष्ट गरेको र १६ लाख जति बालबालिकालार्इ प्रभाव पार्दै हजारौं क्षति गरेको छ

“यो सहयोगको निम्ति हामी कृतज्ञ छौं, जुन सबै नेपाली बालबालिकाले सिक्न सक्छन् भन्ने कुरा निश्चित गर्न महत्वपूर्ण छ । हालैको भूकम्पहरूपछि हामीले शिक्षा क्षेत्रका अवस्थाहरू मूल्याङ्कन गरिरहनेछौं र धेरै आवश्यकता भएका स्थानहरू, जस्तैः विद्यालयको पुननिर्माणमा ग्लोबल पार्टनरसीप फर एजुकेसनबाट आएको सहयोगलार्इ चलाउन सक्नेछौं” माननीय चित्रलेखा यादव, नेपालका शिक्षा मन्त्रीले भन्नुभयो ।

नेपाल ग्लोबल पार्टनरसीप फर एजुकेसनमा सन २००९ मा सहभागी भएको हो र सन् २०१०-२०१४ को समयावधिमा १२ करोड अमेरिकी डलर पहिलो जीपीइ सहायता प्राप्त गरेको थियो । नेपालले विगतको दशकभरि शिक्षामा महत्वपूर्ण सुधार गरेको छ । सरकारको शिक्षा व्यवस्थापन जानकारी प्रणाली (इएमआइएस) अनुसार प्राथमिक विद्यालय पूरा गर्ने दर सन् २००४ मा ५८ प्रतिशतबाट वृध्दि भएर सन् २०१४ मा ८० प्रतिशत पुगेको छ । प्राथमिक शिक्षामा भएको महत्वपूर्ण लगानीले सन् २००५ मा ३९ प्रतिशतबाट सन् २०१३ मा ७७ प्रतिसतमा प्राथमिक विद्यालय कुल भर्ना दरलार्इ वृध्दि गरेको छ । तापनि, ५ र १२ वर्ष उमेरका ११ प्रतिशत बालबालिका विद्यालयमा छैनन् भनेर आन्तरिक सर्वेक्षणले देखाएको छ ।

“नेपालमा निरन्तर भइरहेको विपत्तिले हामी सबैको मनलार्इ तोडेको छ तर हरेक बच्चाको निम्ति गुणस्तरिय शिक्षा प्रदान गर्ने हाम्रो समग्र चाहनालार्इ यसले तोडेको छैन । यो नयाँ सहयोगले नेपाललार्इ सहायता गर्नेछ किनकि यसले विद्यालयहरू पुनर्निर्माण गर्छ र पहुँच र सिकाइको सुधारको त्यसको महत्वकांक्षी एजेन्डा पूरा गर्न निरन्तरता गर्न प्रयास गर्छ,,” ग्लोबल पार्टनरसीप फर एजसकेसनका समिति प्रमुख जूलिया गिल्लार्डले भनिन् ।

ग्लोबल पार्टनरसीपको नयाँ सहायता मोडलको अधीनमा सहायता पाउने पहिलो देशहरूमध्ये नेपाल एक हो, जसले परिणामहरूमा सहायताको अनुपातमा सम्बन्धित भएर शिक्षामा समानता, क्षमता र गुणस्तर सुधार गर्न विकासशील देशहरूलार्इ उत्साह दिन्छ । ५.९३ करोड डलर सहयोगले विद्यालय क्षेत्र सुधार योजना २००९ २०१६ को कार्यान्यवन र त्यसको उक्तराधिकारीलार्इ सहायता गर्नेछ ।

“आज ग्लोबल पार्टनरसीप फर एजुकेसनको निर्देशकहरूको समितिले नेपालको निम्ति स्वीकृत गरेको आर्थिक सहायता भूकम्पअघि योजना गरिएको थियो,” ग्लोबल पार्टनरसीप फर एजुकेसन सेक्रेटरीअटका मुख्य कार्यकारी अफिसर एलिस अल्ब्राइटले भन्नुभयो । “अब यो आर्थिक सहायता नेपाललार्इ आफ्नो शैक्षिक प्रणाली पुनर्निर्माण गर्न सानो सहयोग गर्न सक्षम हुनेछ । सबै नेपाली बालबालिका चाँडै विद्यालय जान सक्नेछन् भन्ने हाम्रो आशा हो ।”

नेपालले सुरूवातमा ४.१५ करोड अमेरिकी डलर प्राप्त गर्नेछ । बाँकी सहयोगको भाग समानता, क्षमता र सिकाइका परिणामहरूका क्षेत्रहरूमा सरकार र राष्ट्रिय साझेदारहरूले छानेका विशेष परिणामहरूको सफलताको आधारमा हुनेछ साथै सुविधा नपुगेका १० जिल्लाहरूमा स्कुलबाहिर रहेका बालबालिकाहरूको प्रतिशत २० सम्म झार्ने । सहयोगको कार्यान्वयनको सुपरीवेक्षण वर्ल्ड बैंक, जीपीइ साझेदारले गर्नेछ ।  

***

ग्लोबल पार्टनरसीप फर एजुकेसनले साझेदारी, वित्तिय र प्रभावकारी शिक्षा प्रणालीमा केन्द्रित भएर गरिब र सबैभन्दा जोखिममा परेकाहरूलार्इ प्राथमिकतामा राख्दै सबै बालबालिकाको निम्ति गुणस्तरीय शिक्षा प्राप्त गर्न विश्वव्यापी र राष्ट्रिय सहायता परिचालन गर्छ । ग्लोबल पार्टनरसीप ६० विकासशील देशहरूका सरकारहरूसँग साझेदार गर्दै बहुसरोकारवालाहरूका साथै दाताहरू, नागरिक समाज/गैह्रसरकारी संस्थाहरू, शिक्षक संस्थाहरू, अन्तरराष्ट्रिय संस्थाहरू, नीजि क्षेत्र र फाउन्डेसनबाट स्वतन्त्र रूपमा संचालन गरिएको छ । विगतका दशकभरि ग्लोबल पार्टनरसीपले विकासशील देशहरूमा शिक्षामा सहायता गर्न ४.३ अर्ब अमेरिकी डलर वितरण गरिसकेको छ ।

Latest news